kumari
stcnepal

शिव सेनाका सांसद सञ्जय राउत पक्राउ

एजेन्सी ।शिवसेना नेता सञ्जय राउतलाई प्रवर्तन निर्देशनालय (ईडी) ले हिरासतमा लिएको छ। सञ्जय राउतका भाइ सुनील राउतले अधिकारीहरूले सञ्जयलाई दक्षिण मुम्बईको ईडीको कार्यालयमा लगेको जानकारी दिएका छन् । ईडीका अधिकारीहरू बिहान सञ्जय राउतको घर पुगेका थिए। अधिकारीहरू बाट प्राप्त जानकारी अनुसार ईडीले उनलाई सोधपुछका लागि दुईवटा सूचना पठाएको थियो तर उनी हाजिर भएनन् ।

यसअघि, समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सञ्जय राउत माथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको जनाएको थियो । यता एएनआईले ईडीले पत्रा चावल जग्गा घोटाला मामिलामा राउत माथि कारबाही गरेको बताएको छ। सञ्जय राउतको घरमा छापा मारेको खबर आए लगत्तै उनको घर बाहिर समर्थकहरुको भीड लागेको थियो । उनीहरुले नाराबाजी गर्दै ईडीको कारबाहीको विरोध गरेका थिए ।

footer