kumari
stcnepal

एन्फाको कार्यसमिति बैठक साउन २६ गते बस्ने

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक विभिन्न कारणले स्थगित भएको कार्यसिमति बैठको नयाँ मिति तय भएको हो ।

‘एन्फा महासचिव किरण राईले साउन २६ गते कार्यसमिति बैठक हुने जानकारी दिए । ‘स्थगित भएको एन्फा कार्यसमितिको बैठक २६ गतेका लागि बोलाइएको छ । यसअघिकै एजेन्डा बैठकमा छलफल हुनेछ’, राईले भने ।

यसअघि साउन ५ गते बोलाइएको बैठक हस्ताक्षरमा विवाद हुँदा स्थगित भएको थियो । त्यसअघि साउन २ गते तय भएको बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङ अस्वस्थ हुँदा स्थगित भएको थियो ।

footer