२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेशको नामकरणका लागि सत्ता गठबन्धनको दुई तिहाइ मत नभएकाले एमालेले हलो अड्काउने काम गर्यो : सांसद रामचन्द्र लिम्बु

988
shares

विराटनगर ।प्रदेश १ के प्रदेशसभामा जनता समाजवादी पार्टीका सांसद रामचन्द्र लिम्बुले नेकपा एमालेले हलो अड्काउने काम मात्र गरेको टिप्पणी गरेका छन् । मंगलबार प्रदेश १ को प्रदेशसभा बैठकमा उनले प्रदेशको नामकरणका लागि सत्ता गठबन्धनको दुई तिहाइ मत नभएकाले एमालेले हलो अड्काउने काम गरेको आरोप लगाए ।

‘गठबन्धनको एक्लै दुई तिहाई पुग्दैन, एमालेको समर्थन विना नाम पास हुदैन’, प्रदेशसभा सदस्य लिम्बुले भने, ‘एमालेका साथीहरुले चार वर्ष सम्म हलो अड्काएर अहिले गोरु कुट्ने, नामकरणका लागि होहल्ला गर्ने काम देखिएको छ, यो ठीक होइन ।’ एमालेले प्रदेशको काम कोसी राख्नुपर्ने प्रस्ताव गरेको छ । तर सांसद लिम्बुले नेपालमा कोसी नदी नै नभएको टिप्पणी गरे । ‘यहाँ कोसी प्रदेशको कुरा आएको छ, किरात र लिम्बुवान सभ्यता हो, कोसी भनको भीमनगर देखि दक्षिण तर्फ (भारत) मात्रै पक्ष’, उनले फेरि भने, ‘भीम नगर उत्तर तर्फको नदीलाई कोसी भनिदैन, सप्तकोसी भनिन्छ ।’

बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस सांसद लिला सुब्बाले सबैलाई स्वीकार हुने नाम राख्नुपर्ने बताइन् । ‘पहिचान पनि भेटिने जातीय द्वन्द्व पनि मेटिने नाम राख्नुपर्छ,’ उनले भनिन्,‘ बाहिर आन्दोलन भइरहेको विषयलाई पनि हेर्नुपर्छ ।’ बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले पहिचानका आधारमा नामकरण गर्न माग गरिन् । चालु अधिवेशन बाटै पहिचानका आधारमा नाम राख्नुपर्ने उनको भनाइ छ

माओेवादी सांसद पूर्णप्रसाद राजवंशीले पहिचानका आधारमा कोचको प्रतिनिधित्व हुनेगरी नाम राख्नुपर्ने बताए । कोचलाई नामकरण गर्दा नसमेटिए विद्रोह हुने उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports