गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्तिक २८ गतेको आरोपपत्र नै एमालेमा समस्याको जड

546
shares

 

माधव नेपाल समूहले दाहालको निर्देशन स्वीकार गर्दै

काठमाडौ । आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकारलाई विस्थापित गरि तत्कालिन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेकपा एमालेको माधव समूह नेकपा एमालेमै फर्किन्छ कि नयाँ पार्टी दर्ता गरेर अघि बढ्छ भन्ने एकिन हुन सकेको छैन । पार्टी भित्रको आन्तरिक द्वन्द्वले गर्दा संघीय संसदमा सबै भन्दा ठुलो दल रहेको एमाले अहिले प्रतिपक्षी दल बन्न पुगेको छ । नेकपा एमालेका अध्यक्ष र माधव नेपाल बीचको तिक्तताले गर्दा पार्टी नै विभाजनको अवस्थामा पुगेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र २०७५ साल जेष्ठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो । तर सर्बोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भई सकेका हुनाले नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन गरेको नेपाल कम्युनिष्ट पार्टीको दर्ता बदर गर्नु अघि नै नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्पन्न भएको थियो । नेकपाका तत्कालिन दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध विग्रँदै गएको अवस्थामा दाहाल र माधव नेपाल पक्ष मिलेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि ०७७ साल कार्तिक २८ गते १९ बुँदे संगीन आरोप लगाउँदै पार्टी सचिवालयमा आरोपपत्र दर्ता गरेका थिए । त्यही आरोपपत्र नै विवादको जड रहेको थियो ।

तत्कालिन प्रधानमनत्री ओलीलाई एकल्याउने दाहाल माधवको चाहना भएकाले गर्दा दाहालले पार्टीको सचिवालयमा आरोपपत्र दर्ता गरेका र सो आरोपपत्रलाई माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताहरुले समर्थन गरेपछि विवाद उत्पन्न भएको थियो । त्यही विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउन दाहाल नेपाल सक्रिय भएकै कारण पहिलो पटक २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन भयो । संसद विघटन पश्चात् दाहाल नेपाल समूह सडक आन्दोलनमा गएको र संसद पुर्नस्थापना हुनुपर्ने र ओली प्रधानमन्त्रीबाट हट्नुपर्ने माग उनीहरुले अघि सारेका थिए ।

२०७७ पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतको सम्वैधानिक इजलासले २०७७ फागुन ११ गते पुर्नस्थापना गरिदिएपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद सडकमै छताछुल्ल भएकै अवस्थामा सर्बोच्च अदालतले २०७७ साल फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टीको दर्ता नै खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई अलग अलग अस्तित्व कायम गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्रमा विवादले उग्ररुप लिएको थियो । माओवादी केन्द्रका केही प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेपछि अध्यक्ष दाहाल ओलीप्रति रुष्ट हुँदै गएको र त्यसको बदला लिन उनले माधव नेपाललाई प्रयोग गरिरहेका छन् ।

माधव नेपाल समूहले समेत पार्टी अध्यक्ष ओलीले आफूहरुलाई उचित सम्मान नदिएको भन्दै अध्यक्ष दाहालकै सहयोगमा ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गर्ने रणनीति लिएका थिए । त्यही रणनीति अनुसार दाहाल नेपालकै सल्लाहमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सारेका र जसपाको उपेन्द्र समूहले समेत त्यसलाई समर्थन गरेका हुनाले शेर बहादुर देउवा लगायतका व्यक्तिहरु २०७८ साल जेष्ठ ८ गते विघटन भएको दोस्रो पटकको प्रतिनिधिसभाको विघटनलाई लिएर सर्बोच्च अदालतमा पुगेका थिए । सर्बोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुर्नस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमनत्रीमा नियुक्त गर्न परमादेश जारी गरिदियो । त्यही परमादेश अनुसार देउवा प्रधानमन्त्री बनेका छन् भने उनले संसदबाट विश्वासको मत समेत लिईसकेका छन् ।
सत्ताधारी दल प्रमुख प्रतिपक्षी दलमा परिणत भईसकेपछि र माधव नेपालको इच्छा अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेपछि अब एमालेमा विवादको अन्त्य हुनुपर्नेमा विवादले उग्र रुप लिँदै गएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको विधान अनुसार बाँधिएका हुन्छन् कुनै बेला नेकपा एमालेलाई फलामको अनुशासन भएको पार्टी भनिन्थ्यो तर आज एमाले परालको तेन्द्रोको अनुशासन भएको पार्टीका रुपमा परिणत हुँदै गएको छ ।

आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने दिन माधव नेपाल सहितका केही सांसदहरु संसदमा अनुपस्थित भए । तिनै सांसदले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर समेत गरे अनि अहिले आएर तिनैले विधि, विधान र पद्दतिको प्रश्न उठाउनु कति न्यायोचित हुन सक्छ ? के आफ्नो स्वार्थ पूरा नभएको खण्डमा विधि, विधान र पद्दतिलाई उल्लंघन गर्न पाइन्छ ? विधि, विधान र पद्दति भनेको आफ्नो स्वार्थ अनुसारको रुपमा प्रयोग हुन सक्छ त ?

नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले माधव नेपाल सहितका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । माधव नेपाल पक्षले स्पष्टीकरणको कुनै औचित्य नभएको बताइसकेका हुनाले माधव नेपाल एमालेमा फर्किन चाहँदैनन् भन्ने प्रष्ट हुँदै गएको भएपनि दुवै पक्षका नेता तथा कार्यकर्ताहरुले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न दबाब दिइरहेका छन् । त्यही कारणले गर्दा कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई नेकपा एमालेले स्वीकार गरी सकेको छ भने अध्यक्ष ओलीले माधव नेपााललाई पार्टीको दोस्रो अध्यक्ष दिने घोषणा गरिसकेको अवस्थामा त्यसलाई पनि माधव पक्षले अस्वीकार गर्नु भनेको माधव नेपाल पुष्पकमल दाहाको सल्लाह अनुसार मात्र अघि बढ्न चाहन्छन् भन्ने प्रमाणित हुँदै गएको छ ।

दाहाल कुनै सर्तमा पनि नेकपा एमालेलाई एकीकृत हुन नदिने खेलमा लागेका छन् । नेकपा एमाले एकजुट भएको खण्डमा माओवादी केन्द्र कमजोर हुने ठहर दाहालले गरेका हुनाले उनी नेकपा भित्रै खेलेर ओली —नेपाललाई मिल्न नदिने रणनितिका साथ अघि बढेका हुनाले नेकपा एमाले एकजुट हुने सम्भावना न्यून देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports