kumari
stcnepal

नेपाल एयरलाइन्सको विमान बाट पक्राउ परेका व्यक्ति चोरीको सुन किन्ने आरोपित

काठमाडौं ।मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमान बाट पक्राउ परेका व्यक्तिको परिचय खुलेको छ । उनी कैलालीका सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ । चोरी सुन किनेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजााच गरेको थियो । सबै यात्रु ओराले प्ररहीले सुरक्षा जााच गरेको थियो ।

उक्त विमानमा चढिसकेका लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको थियो । प्रहरीलाई विमान चढिसकेका व्यक्ति बारे हृवाट्सएपमा सूचना आएको थियो ।

‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’ फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको ठाकुरले बताए । प्रहरीले लामिछानलाई नियन्त्रणमा लिएपछि उनी संग रहेका एक आफन्तले पनि मुम्बई नजाने बताएका थिए । निर्धारित भन्दा २ घण्टा ढिला गरी विमान मुम्बइका लागि उडेको थियो ।

footer