प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल एयरलाइन्सको विमान बाट पक्राउ परेका व्यक्ति चोरीको सुन किन्ने आरोपित

611
shares

काठमाडौं ।मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमान बाट पक्राउ परेका व्यक्तिको परिचय खुलेको छ । उनी कैलालीका सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ । चोरी सुन किनेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजााच गरेको थियो । सबै यात्रु ओराले प्ररहीले सुरक्षा जााच गरेको थियो ।

उक्त विमानमा चढिसकेका लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको थियो । प्रहरीलाई विमान चढिसकेका व्यक्ति बारे हृवाट्सएपमा सूचना आएको थियो ।

‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’ फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको ठाकुरले बताए । प्रहरीले लामिछानलाई नियन्त्रणमा लिएपछि उनी संग रहेका एक आफन्तले पनि मुम्बई नजाने बताएका थिए । निर्धारित भन्दा २ घण्टा ढिला गरी विमान मुम्बइका लागि उडेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports