श्री एयरलाइन्सको जहाज नेपालगन्ज बिमानस्थलमा आपतकालीन अवतरण
वि.सं.२०७९ साउन १९ बिहीवार १०:४५
shares

काठमाडौं ।नेपालगञ्ज देखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ ।
जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।
अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्य सहित ७९ जना यात्रारत थिए ।




































