२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीको सन्दर्भमा परराष्ट्रमन्त्री डा. नारायण खड्का को व्यवहारले सरकार प्रति अविश्वास पैदा भएको छ : भिम रावल

780
shares

काठमाडौं ।नेकपा एमालेका नेता भिम रावलले सरकार प्रति धेरै नै अविश्वास रहेको बताएका छन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भमा परराष्ट्रमन्त्री डा. नारायण खड्काको व्यवहारले सरकार प्रति अविश्वास पैदा भएको उनको भनाइ छ । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा रावलले एसपीपी सँग सम्बन्धित कागजात सांसदहरुले माग गर्दा परराष्ट्रमन्त्री खड्काले आफूहरुलाई अविश्वास गरेर नदिएको बताए ।

‘परराष्ट्र मन्त्रीजीले संसदमा दिनुभएको जवाफ मैले सुनें । उहाँले के भन्नुभयो भने सरकारको तर्फबाट पत्र पठाइसकेपछि पत्र माग्नु भनेको सरकार प्रति कताकता अविश्वास हो,’ पूर्वमन्त्री रावलले भने, ‘कताकता होइन, धेरै अविश्वास छ । किनभने अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा हामी सहभागी हुँदैनौं भनाउन कति आवाज उठाउनुपर्यो देशमा । संसदमा कति बोल्नुपर्यो । स्वाभाविक रुपमा अविश्वासको वातावरण हुन्छ ।’ उनले अगाडि भने, ‘संसदलाई आफैं पत्र नदिने अनि भन्ने चाहिं सरकारलाई विश्वास नगरेको । उहाँहरुले संसदलाई विश्वास गरेको खैत ? सरकार त संसद प्रति उत्तरदायी हुन्छ नि । संसद सरकार प्रति उत्तरदायी हुँदैन ।’

जनताको जिम्मेवारी बाट आफूहरु यहाँ सम्म आइपुगेको बताउँदै उनले आफूहरुले पनि संवेदनशील मन्त्रालय चलाएको र संवेदनशील निर्णयहरुमा सहभागीता जनाएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports