विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषद्को अर्थसचिवको सरूवा गर्ने निर्णय

494
shares

काठमाडौं ।अर्थसचिव मधुकुमार मरासिनीको सरूवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरूवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ‘आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मरासिनीको सरूवा गर्ने निर्णय गरेको हो’, ती मन्त्रीले भने, ‘अर्थसचिव त्यहाँ नरहने भन्ने भयो तर अर्थमा को लैजाने, उहाँलाई कहाँ लैजाने भनेर केही कुरा भएन।’

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए। आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप थियो। त्यसपछि शर्माले संसदमै राजीनामाको घोषणा गरेका थिए। उनले राजीनामा दिएपछि मरासिनी कार्यालय फर्किएका थिए।

शर्मा माथि छानबिन गर्नको समिति बनेको थियो। उक्त समितिले शर्मा निर्दोष रहेको भन्दै सभामुखलाई प्रतिवेदन बुझाएको थियो। त्यसपछि फेरि सरकारले अर्थमन्त्री शर्मालाई पुन:बहाली गरेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports