२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको जलवायु परिवर्तन सल्लाहकार माधव कार्की नियुत्त

806
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाको जलवायु परिवर्तन सम्बन्धी सल्लाहकारमा डा. माधव कार्की नियुक्त भएका छन् । कार्कीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

सिन्धुलीको मजुवा स्थित नागिलेकमा जन्मिएका कार्की प्राकृतिक स्रोत तथा जलवायु विशेषज्ञ हुन् । कृषि आयोजना सेवा केन्द्रमा अनुभव लिएका उनी नेपालका
६० वटा जिल्ला घुमेका छन् ।

पोखरामा वन विज्ञान क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका रूपमा १३ वर्ष अनुभव बटुलेका कार्कीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईडीआरसी, आईएनबीआर, इसिमोड, आइसेटमा काम गरिसकेका छन् । ५० देश घुमेका कार्की हाल आईयूसीएनका दक्षिण एसिया क्षेत्रीय प्रमुख हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports