मोहन वैद्य र धर्मेन्द्र बास्तोला बीच पार्टी एकता गर्ने सहमति
वि.सं.२०७९ साउन २० शुक्रवार ०९:१०
shares

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेत्र विक्रक चन्द (विप्लव)बाट छुट्टिएको नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।
दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन गरेको छ ।संयुक्त रुपमा वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।


































