परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने
वि.सं.२०७९ साउन २० शुक्रवार १२:३७
shares

काठमाडौं ।परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ बीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।



































