प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल बैंकर्स संघको तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय

533
shares

काठमाडौं ।नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि बैंकहरुले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको एक बैंकरले बताए ।

राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो । यसअधि १ प्रतिशत बिनदुले कम हुनुपर्ने व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेपछि बैंकर्स संघले शुक्रबार बिहान पूर्णबैंठक बोलाएको थियो । शुक्रबार भएको छलफलमा सबै बैंकका सीईओले राष्ट्र बैंकको निर्देशन अनुसार भदौको लागि ब्याजदर प्रकाशित गर्दा संस्थागत मुद्धती निक्षेपको ब्याजदर समायोजन गर्ने र अन्य ब्याजदरलाई निरन्तरता दिने सहमति भएको एक बैंकर्सले बताए ।

अहिले पनि मुद्रास्फीति भनदा निक्षेपको बयाजदर उच्च रहेको भन्दै ब्याजदरलाई स्थायीत्व दिनुपर्ने सहमति भएको उनले बताए । बैंकदर र नीतिगत दर बढेपछि बेस रेटमा त्यतिकै दवाब पर्ने भएकोले निक्षेपमा थप ब्याजदर बढाएर कर्जाको ब्याजदर महँगो बनाउँदा पनि समस्या हुनसक्ने भएकोले भदौमा पनि अहिलेकै ब्याजदरलाई राष्ट्र बैंकको निर्देशन अनुसार समायोजन गरेर निरन्तरता दिन उनको भनाइ छ । यता राष्ट्र बैंकले भने नीतिगत दर र बैंकदर परिवर्तन भएपछि निक्षेपको ब्याजदर बढाउन सक्छौं भन्नु भनेकेा ब्याजदर बढाउन सन्देश दिएको बताएका थिए ।

हाल व्यक्तिगत मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका बैंकले संस्थागतमा १०.०३ प्रतिशत ब्याजदर दिदै आएका थिए । तर, अब बैंकहरुले संस्थागत निक्षेपमा दिने अधिकतम ब्याजदर ९.०३ प्रतिशत कायम हुने भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports