प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उमेर हदका कारण एआईजी विश्वराज पोखरेलले अवकाश पाए

598
shares

काठमाडौं ।नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अवकाश पाएका छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका हुन् । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।

उनको राजीनामा नै स्वीकृत भएन । प्रहरी महानिरीक्षक मार्फत गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट राजीनामा स्वीकृत हुनुपथ्र्यो । ‘तर उहाँ नियमित प्रक्रिया बाट अवकाशमा जानुभयो’ प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले भने, ‘राजीनामा स्वीकृत भएको थिएन ।’ सरकारले सिंहलाई १८ वैशाखमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । लगत्तै पोखरेल बिदा बसेका थिए ।

कनिष्ठलाई आईजीपी बनाएको भन्दै उनले तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई एक महिना बिदा मागेका थिए । उनले स्वीकृत गरेको बिदा सकिएपछि पोखरेलले पुनः १० दिन बिदा मागेका थिए । तर प्रहरी महानिरीक्षक सिंहले स्वीकृत गरिदिएनन् । अदालत बाट पनि आफ्नो पक्षमा आदेश नआएपछि उनले राजीनामा बुझाएका थिए ।

सिंह आईजीपीमा नियुक्त भएपछि पोखरेल सँगै अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिन बिदा लिएका थिए । तर गृहमन्त्री बालकृष्ण खाणले छलफल गरेर उनलाई काममा फर्काएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports