२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक बर्ष भित्रै एमालेको सरकार बनाएर देखाउँछु : अध्यक्ष ओली

832
shares

रौतहट। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक वर्ष भित्रमा एमालेको नेतृत्वको सरकार बनाएर देखाउने बताएका छन् । रौतहटको गौरमा सोमबार आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘कसले भन्छ एमालेको सरकार बन्दैन ?, आउँदो एक बर्ष भित्रमा एमालेको सरकार बनाएर देखाउने छु ।’ उनले परमादेशी सरकारलाई विस्थापित गर्नैपर्ने बताए ।

त्यस्तै, उनले अहिलेको सरकारमा भारतसँग दोहोरो संवाद गर्ने क्षमता नभएको बताए । अध्यक्ष ओलीले प्रत्येक वर्ष गौर क्षेत्रमा डुबान पर्ने उल्लेख गर्दै अहिलेको सरकार सँग भारत सँग दोहोर संवाद गर्न सक्ने क्षमता नभएको टिप्पणी गरे । तराई मधेशका जिल्लाहरु बर्षेणी कटान, डुवान र बाढीको समस्या झेल्दै आउँदा आफूले भारतीय प्रधानमन्त्री सँग कुरा गर्दा समाधान गर्ने आवश्वास दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको अध्यक्ष ओलीको भनाइ छ ।

‘भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी समक्ष सिमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भूभाग डुवान परिरहेको हुँदा त्यसको स्थायी रुपमा सधान गर्न पहल गर्ने थिएँ तर हामी सरकार बाट हटेपछि अहिलेको सरकार बाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुवानमै परेर समस्या झेल्नु परेको छ,’ ओलीले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports