२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको प्रधानमन्त्री देउवा सँग संसदमा प्रश्नोत्तर गर्न नपाएको गुनासो

988
shares

काठमाडौं ।प्रमुख विपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा सँग संसदमा प्रश्नोत्तर गर्न नपाएको गुनासो गरेको छ । नेकपा एमालेका सांसद खगराज अधिकारीले संसद प्रति सरकार र सत्तापक्ष नै जवाफ देही नरहेको उल्लेख गर्दै प्रश्न गर्छन, ‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि संसदमा यो कार्यक्रम (प्रधानमन्त्री सँग संसदमा प्रश्नोत्तर) भयो ?’ मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘प्रदेश र प्रतिनिधिसभामा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्नुपर्ने सम्बन्धी ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा बोल्दै एमाले सांसद अधिकारीले यस्तो प्रश्न गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीकोको परिच्छेद ९ मा संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर कार्यक्रम संचालन हुन सक्ने सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखले प्रतिनिधिसभाको प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा प्रधानमन्त्री सँग संसदमा प्रश्नोत्तर कार्यक्रमका लागि निर्धारण गर्न सक्ने उल्लेख छ । पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्न सक्ने भनिएको छ । तर, प्रतिनिधिसभाले नियमावलीको यो व्यवस्था कार्यान्वयन गराउनै सकेको छैन ।

नेकपा एमालेकै नेतृत्वमा साढे ३ बर्ष सरकार हुँदा जम्माजम्मी एक पटक प्रतिनिधिसभामा प्रधानमन्त्री सँग संसदमा प्रश्नोत्तर कार्यक्रम संचालन भएको थियो । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा २०७५ माघ ४ गते प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलेकबो छ । त्यसदिन प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा १० सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गरेका थिए । त्यसपछि दोहोर्याएर सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउन पाएका छैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports