२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवन तीनबाटै निर्वाचन लड्छु : प्रचण्ड

1K
shares

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर तीन बाटै निर्वाचन लड्ने बताएका छन् । जापान भ्रमणमा रहेको प्रचण्डले पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

कुन ठाउँ बाट निर्वाचन लड्दै हुनुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘म चितवन बाटै लड्छु । मैले एकदम प्रष्टसँग ४-५ महिना अगाडि देखि भनेको छु । म अन्त बाट होइन । अहिले चितवन बाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव चड्छु क्लियर हुनुहोला । बरु तपाइहरु जापानमा बस्ने साथीभाइहरुले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ । किनकी मैले भनेको छु, म एउटा राष्ट्रिय लिडरको हैसियतले देशभरीको विकास र देशभरीको समृद्धि नै सोच्छु मैले । देशको केन्द्रविन्दुमा भएको र विकासको तीव्र गतिमा अगाडि जाने सम्भावना भएको हुनाले देशैभरीलाई एउटा सन्देश जाओस् भनेर पनि मैले चितवनलाई महत्व दिइराखेकै छु ।’

अध्यक्ष प्रचण्डले देशका विभिन्न ठाउँ बाट आफूलाई निर्वाचन लड्नका लागि अनुरोध आएको बताए । उनले भने, ‘मलाई चुनाव लड्नुपर्यो भनेर रुकुमका साथीहरुले गोरखाका साथीहरुले, धनुषाका साथीहरुले, सिरहाका साथीहरुले, कालिकोटका साथीहरुले धेरैले भन्नुभएको छ । भित्रैदेखि भन्नुभएको छ । साथीहरुलाई के परेको छ भन्दाखेरी प्रचण्ड आइदिए खेरि जिल्लाको विकास अलिकति व्यापक रुपले हुन्थ्यो । पहिचान हुन्थ्यो जिल्लाको भन्ने लागेको छ । तर मैले सबै साथीहरुलाई धन्यवाद भन्दै म चाही यो पटक चितवन बाटै लड्छु भनेको छु ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports