सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी विभाजन पनि नगराउने माधव समूह एमालेमा पनि नफर्किने देउवा दाहाललाई देखाएर ओली तर्साउने रणनीतिमा माधव

442
shares

 

काठमाडौ । कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आ आफ्नो पार्टीबाट संस्थागत निर्णय नै गराएर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीको लागि विश्वासको मत दिएका हुन् । संघीय संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रको ४९ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् । यी तीन दलका सांसद संख्या जोड्दा एक सय ११ मत मात्र हुन्छ । तर आफ्नै पार्टीको निर्णयको उलंघन गर्दै नेकपा एमालेको मावध समूहका २३ सांसदले विशवासको मत दिए भने जसपाको मत पनि संस्थागत नभएर व्यक्तिगत जस्तै देखिएकोले त्यसलाई जनादेश भन्न सकिने अवस्था रहँदैन ।

जनतालाई धोका दिएर पार्टीको निर्देशन उल्लंघन गर्दै विपक्षी दलका नेतालाई विश्वासको मत दिनु भनेको आफूलाई निर्वाचित गरेर पठाएका जनतामाथिको घात हो । एमाले र जसपाका सांसदहरुलाई जनताले कांग्रेसका सभापति शेर बहादुर देउवालाई मत दिने अधिकार दिएका थिएन ? पार्टीको झण्डा, चुनाव चिन्ह र घोषणापत्रका आधारमा निर्वाचित भएका व्यक्तिहरुले पार्टीको संस्थागत निर्णयबेगर मत दिनु भनेको लोकतान्त्रिक अभ्यास र पद्दति विपरितको कार्य भएकाले त्यसलाई जनादेश भन्न सकिने अवस्था रहँदैन । बरु जनादेश विपरितको कार्य हो भन्न सकिन्छ । त्यही कारणले गर्दा वर्तमान देउवा सरकारको पक्षमा स्पष्ट जनादेश भन्नु किमार्थ उचित हुन सक्दैन । देउवाले पाएको १ सय ६५ मत मध्येको १ सय ११ मत मात्र जनादेश हो । अरु सबै मत व्यक्तिगत भएकाले त्यसलाई जनादेशका रुपमा लिइनु हुँदैन । पार्टीलाई धोका दिएर पार्टीको निर्देशन विपरित कार्य गर्नु जघन्य अपराध नै हो ।

पछिल्लो सयममा नेकपा एमाले भित्रको आन्तरिक द्वन्द्व रोमान्टिक मोडमा पुगेको छ । नेकपा एमालेका असन्तुष्ट समूहका नेता माधव नेपलले दुई डुँगामा खुट्टा टेकेका छन् । नेकपा एमाले अहिले संघीय संसदको प्रमुख विपक्षी दल रहेको छ । कानुनी रुपमा माधव नेपाल समूह नेकपा एमालेमै रहेको भएपनि व्यवहारिक रुपमा ऊ विभाजित भईसकेको छ । प्रतिनिधिसभाको विघटन बदर भै संसद पुर्नस्थापना भईसकेको अवस्थामा समेत माधव समूह गठबन्धनको बैठकमा सहभागि भईरहेको छ भने गठबन्धनका प्रमुख पात्रहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत प्रमुख विपक्षी दललाई होइन माधव समूहलाई नै विश्वास गरिरहेका छन् ।

माधव समूहल समेत पार्टीले आफूलाई केही गर्न नसक्ने भन्दै गुटगत राजनीति गर्दै देउवा नेतृत्वको सरकारमा सहभागि हुन खुट्टा उचालिरहेकोे छ भने माधव समूहका अधिकांश नेताहरुले समेत सरकारमा सहभागि हुनुपर्ने सुझाव माधव नेपाललाई दिईरहेको छ । कांग्रेस र माओवादी केन्द्रले जसरी भएपनि नेकपा एमालेलाई विभाजित अवस्थामा पु¥याउनका लागि माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहालले अहिलेको अवस्थामा माधव नेपललाई संकट परेको छ त्यही कारण कांग्रेस र माओवादी केन्द्रले लिने भनिएका १÷१ मन्त्रालयहरु घटाएर माधव समूहलाई दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाले सहमति गरि बनाएको पूर्ण बहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको सरकार सञ्चालनको विधि, नीति, कार्यक्रम र सरकारमा सहभागि हुने मन्त्रीहरुको दलीय भागवण्डालाई परिमार्जित गरी प्रधानमन्त्री देउवा र पुष्पकमल दाहालले आफूहरुले ५÷५ वटा मन्त्रालय लिएर माधव नेपाल समूहलाई ८ वटा मन्त्रालय दिने सहमति गरेका हुनाले उनीहरु जुनसुकै सर्तमा पनि नेकपा एमालेलाई विभाजित गराउन चाहन्छन भन्ने प्रमाणित भएको छ । कांग्रेस, माओवादी केन्द्र, जससा र माधव समूहले ६÷६ वटा मन्त्रालय लिने सहमति भएकोमा कांग्रेस र माओवादी केन्द्रले आ आफ्नो भागबाट १÷१ वटा मन्त्रालय माधव समूहललाई दिने सहमति गर्नु नेकपा एमालेलाई विभाजित गराउने र सत्ताको भरमा माधव समूहलाई बलियो बनाउने रणनीति बाहेक अन्य केही हुन सक्दैन ।

माधव नेपाल समूह पनि सत्तामा सहभागि भएपछि नेकपा एमालेका प्रभावशाली नेताहरु र पार्टी अध्यक्ष ओली पक्षीय नेता तथा कार्यकर्ताहरु पनि माधव समूहमा आउने दाहालको ठहर रहेको छ । नेकपा एमालेका धेरै नेता तथा कार्यकर्ताहरु माधव समूहमा आएपछि माधव समूहलाई माओवादी केन्द्रसँग एकीकरण गर्ने सहमति निकै पहिला नै भईसकेको सुईको माधव समूहकै नेताले बताएका छन् । यी सबै कारणहरुले गर्दा माधव समूह नेकपा एमालेमा पनि नफर्किने र तत्कालै पार्टी विभाजन समेत नगरि दुई डुँगामा खुट्टा हालेर बस्ने रणनीतिमा पुगेको छ ।

माधव समूहलाई सात प्रदेश मध्येका दुई प्रदेशको रोजि मुख्यमन्त्री दिने, ५ राजदूत दिने र अन्य नियुक्तिमा समेत उचित स्थान दिने प्रस्ताव दाहालले प्रधानमन्त्री देउवा समक्ष लगेकोमा देउवाले त्यसलाई समर्थन जनाएको सूत्रले दाबी गरेको छ । माधव समूहलाई सम्भवत प्रदेश नं. १ र बागमति प्रदेशको मुख्यमन्त्री दिइने भएको छ भने ७ नं. प्रदेश प्रमुख मध्येका २ प्रदेश प्रमुख पनि दिइने भएको छ । यसरी कांग्रेस र माओवादी केन्द्र नै नेकपा एमालेलाई विभाजित गराउन लागि परेका हुनाले अब सिंगो एमाले रहन नसक्ने अवस्था सिर्जना भएको छ । पार्टी विभाजित गराउन आवश्यक संख्या माधव समूहमा नभएकाले दल विभाजन सम्बन्धी अध्यादेश समेत ल्याउन सक्ने आश्वासन माधव नेपाललाई दाहालले दिएका छन् ।
पछिल्लो समयमा माधव नेपाल, देउवा र दाहालको बुई चढेर पार्टी अध्यक्ष ओलीलाई टुँगोमा ल्याउने रणनीतिमा लागेकै कारण नेकपा एमालेको कार्य दलले पार्टी एकताको लागि तयार पारेको प्रस्तावलाई स्वीकार गर्न सकिरहेका छैनन् । त्यसैले उनले पार्टीभित्र अनेक थरिका मागहरु अघि सारिरहेका छन् । पार्टी अध्यक्ष केपी ओली सरहको समान अधिकार सहितको अध्यक्ष पद मागेका माधवले पछिल्लो समयमा ओली, झलनाथ खनाल र वामदेव गौतम रहेको सचिवालय गठन गर्नुपर्ने माग अघि सारेका छन् । यदि ओली त्यसमा सहमत भए सचिवालयमा ओली अल्पमतमा पर्ने भएकाले पार्टी सहजै कब्जा हुने उनको ठहर रहेको छ । यसरी माधव नेपाल समूहकै कारण नेकपा एमाले ध्वस्त हुन सक्ने भन्दै दोस्रो र तेस्रो तहका नेताहरुले दुःख प्रकट गर्न थालेका छन् । नेपालीमा एउटा उखान छ बोकेको कुकुरले मृग मार्न सक्दैन भनेर अहिले त्यो उखान नेकपा एमालेसँग ठ्याक्कै मिलेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports