२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगको पत्र पुष्पकमल दाहाललाई, पत्र बुझ्न अस्वीकार

897
shares

काठमाडौं ।निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाउँपालिका अध्यक्ष जित्न १० करोड खर्च गर्ने उमेदवारको सूचना दिन पत्र काटेको छ । यही साउन ९ गते नरबहादुर कर्मचार्य स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँ सम्म खर्च भएको जानकारी आफूलाई आएको अभिव्यक्ति दिएका थिए । आयोगले सोही अभिव्यक्ति दिएको भोलिपल्टै अर्थात् साउन १० गते पत्र काटेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षले तीन लाख खर्च गर्न पाउने व्यवस्था रहेको सम्झाउँदै १० करोड खर्च गर्ने उमेदवारको सूचना दिए कारबाही गर्ने बताएको छ ।

“आयोग बाट तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा निजहरुले गरेको खर्र्चको विवरण आयोगले तोकेको कार्यालय समक्ष नबुझाउने उमेदवार माथि कारबाही प्रकृया सुरु गरिसकेको अवस्था रहेको हुँदा सञ्चार माध्यमहरुमा प्रकाशित प्रसारित भएको तपाईंको अभिव्यक्ति बमोजिम तपाईंले पाएको सूचना अनुसारको गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँ सम्म खर्च गर्ने उमेदवार बारे सूचनाको साथै आयोगले तोकेको खर्चको हद भन्दा बढी खर्च गर्ने उमेदवार बारेको वस्तुगत सूचना आयोगमा उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,” आयोगका कानुन अधिकृत मोहनराज जोशीले काटेको पत्रमा उल्लेख छ ।

साउन १० गते नै पत्र पठाए पनि प्रचण्ड बाट त्यसको जवाफ भने नआएको आयोग स्रोतले जनाएको छ । “माओवादीको केन्द्रीय कार्यालयमा पत्र दिँदा नबुझेपछि आयोगले हुलाकमार्फत पठाएको हो । हालसम्म त्यसको जवाफ आएको छैन । सायद, आउला,” आयोग स्रोतले भन्यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports