विप्लव सहितका चार कम्युनिष्ट पार्टीहरूले गरे आन्दोलनको घोषणा
वि.सं.२०७९ साउन २८ शनिवार ०७:४४
shares

काठमाडाैं ।विप्लव नेतृत्वको नेकपा सहितका साना ४ कम्युनिस्ट घटकले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार एक वक्तव्य जारी गर्दै चार साना कम्युनिस्ट घटकले बन्द सहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमति विपरीत विप्लव सहितका नेताहरू माथि भएको पक्राउ पुर्जी लगायतको विरोधमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख छ ।
जसअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधसभा, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्द समेत गर्नेगरी आन्दोलनको कार्यक्रम तय भएको छ । आफूहरुको माग सम्बोधन नभए थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।




































