२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्बोच्च अदालतको आदेशले नेपाल टेलिभिजनको परिक्षा रोकियो

949
shares

काठमाडौं। नेपाल टेलिभिजनको आन्तरिक प्रतिस्पर्धा खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापनको लिखित परीक्षा स्थगित भएको छ । आगामी साउन ३० गते बाट भदौ १४ गते सम्म तय भएको परीक्षा अन्तिम समयमा रोकिएको हो । लोकसेवा आयोगले परीक्षा मिति तोकेपनि सर्वोच्च अदालतले अर्को आदेश जारी नभएका सम्म लिखित परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।

‘सर्वोच्च अदालतबाट मिति २०७९–४–२६ मा अर्को आदेश जारी नभए सम्म लिखित परीक्षा सञ्चालन नगर्नु नगराउनु भनि अल्पकालिन अन्तरिम आदेश प्राप्त भएकोले आयोग (अध्यक्षस्तर) को मिति २०७९–४–२६ को निर्णयानुसार उक्त कार्यक्रमहरु स्थगित गरिएको सबैमा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।

आयोगले २०७६ सालमा नेपाल टेलिभिजनको विभिन्न पदका लागि आवेदन माग गरेको थियो । तर, तीन वर्ष बितिसक्दा पनि परीक्षा सञ्चालन हुन सकेको छैन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports