राप्रपा नेपालको केन्द्रीय समितिको बैठक भोली र पर्सी बस्ने
वि.सं.२०७९ साउन २८ शनिवार १६:४७
shares

काठमाडौं ।राप्रपा नेपाल केन्द्रीय समितिको बैठक यही साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरूको सचिवालय, संगठन, प्रशिक्षणसम्बन्धी प्रतिवेदन, प्रदेश अध्यक्षहरूको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र जनवर्गीय संगठनका प्रमुखहरूको प्रतिवेदन बारे छलफल हुनेछ ।
यस्तै, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । करिब तीन हप्ताको बेलायत भ्रमण सकाएर अध्यक्ष थापा भोलि स्वदेश फर्कने कार्यक्रम छ ।




































