२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानी दूतावासमा पुरानो झण्डा झिकेर नयाँ झण्डा फहराईयो

1.01K
shares

काठमाडौं ।काठमाडौं स्थित पाकिस्तानी राजदूतावासमा आज बिहान राष्ट्रिय झण्डा फहराइएको छ । ७५ औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साहले झण्डा फहराएको कार्यक्रममा दूतावासका अधिकारीहरु र काठमाडौं स्थित पाकिस्तानी समुदायको उपस्थिति थियो । समारोहमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले आज दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको बताइन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत साहले मोहम्मद अली जिन्नाहको नेतृत्वमा पाकिस्तान आन्दोलनको इतिहास सम्झनुभएको दूतावासले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । मुलुकको स्वतन्त्रतापछि उत्पन्न केही सीमा विवादको एक मात्र समाधान संयुक्त राष्ट्र संघको विशेष प्रस्ताव भएको उहाँको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थायी शान्तिका लागि उक्त प्रस्तावको कार्यान्वयन अपरिहार्य रहेको र यसले सो क्षेत्रको स्थिरता र समृध्दिमा सघाउ पुर्याउने छ ।’.

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports