सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीमा विधेयक–२०७९ पारित भए सँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने

1.09K
shares

काठमाडौं ।संघीय संसदको प्रतिनिधिसभा बाट बीमा विधेयक–२०७९ पारित भए सँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन-२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक–२०७९ पारित भए सँगै अब राष्ट्रिय बीमा संस्थान पनि बीमा ऐनअनुसार सञ्चालन हुनेछ ।

आइतबारको प्रतिनिधिसभा बैंठकले बीमा विधेयक–२०७९ बहुमतले पारित गरेको हो । विधेयक पारित भए सँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्रमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुनुपर्नेछ ।

हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरु मध्ये सबै कम्पनी बीमा एने–२०४९ अनुसार सञ्चालन भए पनि राष्ट्रिय बीमा संस्थान भने राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ अनुसार सञ्चालनमा रहेको थियो । पारित भएको बीमा विधेयक सँगै प्रमाणीकरण भएर कार्यान्वयनमा बीमा ऐन–२०४९ र राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ खारेज हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports