kumari
stcnepal

ताइवानको वायु रक्षा क्षेत्रमा एघार चिनियाँ सैन्य विमानहरू मध्य रेखा पार गरेर प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयको दाबी

चीन ।एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्य रेखा पार गरेर आइतबार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ । आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन् ।

चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ । तर, गत साताको तुलनामा चिनिया गतिविधि न्यून छन् । जनवादी गणतन्त्र चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निर्णय गर्ने अधिकार नभएको ताइवान सरकारले बताउदै आएको छ । बेइजिङमा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओत्सेतुङको कम्युनिष्ट पार्टी सँग गृहयुद्ध हारेपछि पराजित गणतन्त्र चीनको सरकार सन् १९४९ मा ताइवान भागेको थियो ।

footer