kumari
stcnepal

रूपन्देहीमा गोली चल्यो, एक जना युवा घाइते

बुटवल। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा अज्ञात समूहकाे गोली प्रहार बाट एक जना युवा गम्भीर घाइते भएका छन्। गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका बिकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।

गए राति करिब ११ बजे तिर बसन्तपुर वडा कार्यालय अगाडि गुरुङ सँग जम्का भेट भएपछि उक्त समूहले गोली प्रहार गरेकाे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले मोटरसाइकलमा आएको तीन जनाको समूहले उनि माथि गोली प्रहार गरेको जानकारी दिए। गुरुङको बायाँ कोखामा गोली लागेको र उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेकाे प्रहरीले जनाएको छ।

गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपास स्थित सिद्धार्थ कटेजमा एक समूहले सुनका गरगहना र नगद समेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।

footer