kumari
stcnepal

इजिप्टको कोप्टिक स्थित चर्चमा आगो लाग्दा १५ बालबालिका सहित कम्तिमा ४१ जनाको निधन

काठमाडौं । इजिप्टको कोप्टिक स्थित एक चर्चमा आगो लाग्दा १५ बालबालिका सहित कम्तिमा ४१ जनाको निधन भएको छ। राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

उद्धारमा खटिएका चार प्रहरी सहित १६ जना घाइते भएका छन्। आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन्।

यसैबीच आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएको छ। कोप्ट्स मध्यपूर्वमा सबैभन्दा ठूलो ईसाई समुदाय हो। इजिप्टको १०३ मिलियन मध्ये १० मिलियन मान्छे यो समुदाय अन्तर्गत पर्छन्। एजेन्सी

footer