बैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस
वि.सं.२०७९ साउन ३० सोमवार १६:३७
shares

काठमाडौ ।वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ जनालाई सिफारिस गरेको छ ।
मन्त्रालयका सचिव एकनारायण अर्यालयको संयोजकत्वमा रहेको सिफारिस समितिले मन्त्रिपरिषद बैठकमा दुर्गादत्त ढकाल, डा. द्वारिका उप्रेती र युवराज बस्नेतको नाम सिफारिस गरेको हो । सम्भव त सोमबार बस्ने मन्त्रिपरिषद बैठकले ३ जना मध्ये एक जनालाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।
योजना प्रस्तुतीकरण र अन्तरवार्ता बाट ढकाल, उप्रेती र बस्नेतलाई चयन गरिए पनि ढकाल र उप्रेती मध्ये एक जनाले बाजी मार्ने सम्भावना बलियो रहेको बुझिएको छ ।




































