विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निलम्बित प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग बारे छलफल गर्न सिफारिस समितिको बैठक आज बस्दै

572
shares

काठमाडौं ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाअभियोग बारे छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ११ बजे सिंहदरवा रस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ ।

१ फागुन २०७८ मा जबरा विरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । त्यतिबेला देखि उनी निलम्बनमा परेका छन् । जबरा विरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्ताव माथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार बुधबार बस्ने बैठकको एजेण्डा समितिको आन्तरिक कार्यविधि निर्माण र पारित गर्ने छ । साथै समितिको संयोजक चयन गर्ने विषयमा पनि छलफल हुनेछ । बुधबार बाटै निलम्बित प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु हुनेछ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports