दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको निधन, चार घाइते
वि.सं.२०७९ भदौ १ बुधवार १७:३२
shares

धनगढी ।दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वर बाट सदरमुकाम खलंगा तर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए ।
जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै निधन भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । जीप सडक बाट करीब पाँच सय मिटर तल खसेको छ ।




































