२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तारुढ गठबन्धनले बनाएको सिट बाँडफाँटका कार्यदलको बैठक औपचारिकतामा सीमित

1.72K
shares

काठमाडौं ।सिट बाँडफाँटका सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक औपचारिकतामा सीमित भएको छ । अघिल्लो बैठकले शीर्ष नेताहरु सँग परामर्श गरेर प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।

तर यो अवधिमा सिटौलाले सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सँग भेट गरेनन् । त्यही कारण बुधबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरु सामान्य छलफल गरेर उठेका छन् । कार्यदलका एक सदस्यका अनुसार अब संयोजक सिटौलाले शीर्ष नेताहरु सँग भेट गर्ने, आवश्यक परे संयुक्त रुपमा पनि छलफल गर्ने सहमति भएको छ । संयुक्त बैठक औपचारिकतामा मात्र सीमिति भएकाले दलहरु बीचमा पनि छलफल गरेर एक अर्काका अप्ठ्यारो बुझ्ने पनि सहमति भएको छ ।

बैठकपछि कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि अहिलेसम्म भएको छलफल बारे नेताहरुलाई जानकारी गराउने र एउटा निर्णयमा पुग्ने बताए । उनले अघि भने, ‘मोडालिटीमा छलफल गरेका छौं र त्यसलाई केन्द्रमा राखेर सिट विभाजनको एउटा निष्कर्षको चरणमा अगाडि बढ्दैछौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports