kumari
stcnepal

काबुलको मस्जिदमा शक्तिशाली हमला, २० को निधन

काबुल ।अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु निधन  भएको आशंका गरिएको छ ।

विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् । अलजजिराले भने विस्फोटमा २० जनाको निधन भएको जनाएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोट बाट नजिकैका भवन भत्किएका थिए ।

footer