२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल नेपालको एकमात्र उदेश्य कांग्रेसलाई साइजमा राख्ने

910
shares

 

काठमाडौ । पाँच दलीय गठबन्धन बनाएर सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आफ्नै हठका कारण संकटमा फस्दै गएको छ । स्थानीय तहको निर्वाचनमा समेत पाँच दलीय गठबन्धन नै बनाएर निर्वाचनमा गएको हुनाले मात्र कांग्रेस ठुलो पार्टी बन्न सफल भएको हो ।
२०७४ सालको संघीय संसद र प्रदेश सभाको निर्वाचनमा दोस्रो ठुलो पार्टी बनेको कांग्रेसलाई अहिले नेकपा एमाले विभाजित अवस्थामा रहेकाले ऊ एक्लैलाई ठुलो पार्टी बन्न सक्ने अवस्था रहेको थियो ।
तर पाँच दलीय गठबन्धनमा रहेका र बाहिर रहेका केही वामपन्थी दलहरुलाई आफ्नो पार्टीमा समाहित गराएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो मंसिर ४ गते सम्पन्न हुने संघीय संसद र प्रदेशसभाको निर्वाचन पछि आफैं प्रधानमन्त्री बन्ने रणनीति लिएका हुनाले कांग्रेस संकटमा पर्न सक्ने सम्भावना रहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले पहिले आफ्नै पार्टीमा रहेका र पछि पार्टी नै परित्याग गरि अर्को पार्टी निर्माण गरेर बसेका डा. बाबुराम भट्टराई र नेकपा एमालेबाट अलग भएका वामदेव गौतमलाई समेत माओवादी केन्द्रको निर्वाचन चिन्ह्र दिएर त्यही चिन्ह्र मा निर्वाचनमा जाने सहमत गराएपछि अहिले दाहालले नेकपा एमालेबाट विभाजित गराइएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत आफ्नो पार्टीमा समाहित गराउने प्रयास गरेकोमा नेकपा एकीकृत समाजवादीले दुवै पार्टीबीचमा एकता गर्न कार्यदल नै बनाउने निर्णय गरेको छ ।
तत्कालिन नेकपा कम्युनिष्ट पार्टी रहेकै बेला दाहालले वामपन्थी दलबीच एकता गराउने प्रयास गरेका थिए । दाहालको त्यो प्रयासलाई अहिले डा. भट्टराई, गौतम र नेपालले समर्थन गर्ने प्रायः निश्चित रहेको छ ।
त्यही कारणले गर्दा डा. भट्टराई र गौतमले माओवादी केन्द्रको निर्वाचन चिन्ह्रबाटै निर्वाचन लड्ने उद्घोष गरिसकेका छन् भने माधव नेपालले पार्टी एकता गर्न कार्यदल बनाएका छन् ।
अहिले पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी, बाबुराम भट्टराई र वामदेव गौतम सबैको साथ लिएर दाहाल कांग्रेसलाई सिट बाँडफाँडमा कमजोर पार्न चाहिरहेका बेला कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने आउँदो निर्वाचन पछि पनि आफू प्रधानमन्त्री बन्नका लागि लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत गठबन्धनमा लिने प्रयास गरिरहेका छन् ।
सभापति देउवाको राण्नीति भनेको माओवादी केन्द्र बाहकेका अन्य साना दलको सहयोगमा सरकार निर्माण गर्न सकियोस् भन्ने नै हो ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आउँदो निर्वाचन पछि माअ‍ोवादी केन्द्र सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बन्ने उद्घोष गरिसकेको अवस्थामा अहिले डा. भट्टराई, नेपाल र गौतमको सहयोगमा आफ्नो पार्टीलाई संसदमा दोस्रो ठुलो पार्टी बनाउने रणनीतिका साथ भट्टराई र गौतम र नेपाललाई मनाएका भएपनि दाहालको त्यो सपना पूरा हुन कठिन देखिएको छ ।
भट्टराईको जनतामा कुनै प्रभाव छैन भने गौतमको अवस्था पनि त्यस्तै देखिएको छ । माधव नेपालको पार्टी जनस्तरमा पुगेकै छैन । पाँच दलीय गठबन्धनको सहयोगले मात्र नेकपा एकीकृत समाजवादी टिकेको छ ।
दाहालको र नेपालको एकमात्र उदेश्य आउँदो निर्वाचनपछि पनि सत्तामा बस्न पाइयोस् त्यसका लागि कांग्रेसले आफ्नो पार्टीको सहयोग लिन बाध्य पार्ने रणनीति मात्र हो ।
प्रधानमनत्री देउवाले दाहालको भित्री रणनीति बुझेका हुनाले लोसपालाई गठबन्धनमा ल्याएर निर्वाचनमा गएको खण्डमा पछि माओवादी बाहेकको अरु साना दलको सहयोगमा सरकार बनाउन सकियोस्, भन्ने नै हो ।
यही कारणले गर्दा पाँच दलबीच सिट संख्या बाँडफाँडमा नै संकट आउने सम्भावना समेत रहेकाले गर्दा गठबन्धन टुट्न सक्छ । यदि त्यसो भएमा नेकपा एमाले नै ठुलो पार्टी बन्ने निश्चित रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports