kumari
stcnepal

चीनको विरोधका बीच पनि अमेरिका र ताइवान बीच व्यापार सम्झौता गर्नका लागि वार्ता सुरु

काठमाडौं ।चीनको विरोधका बीच पनि अमेरिका र ताइवान बीच व्यापार सम्झौता गर्नका लागि वार्ता सुरु भएको छ । त्यसका लागि अमेरिका र ताइवान बीच छलफल सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । केही दिनअघि चीनले विरोध जनाउँदा जनाउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्  र चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य अभ्यास पनि गरेको थियो ।

पेलोसीको भ्रमणपछि चीन र अमेरिका बीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यस लगत्तै अमेरिका र ताइवान बीच व्यापार सम्झौताका लागि वार्ता सुरु भएको हो । एक चीन नीतिलाई माने पनि अमेरिकाले चीनले आफ्नो एक हिस्सा मान्दै आएको ताइवान सँग छुट्टै सम्झौता गर्न लागेको हो । अमेरिकाका अनुसार प्रारम्भिक वार्तामा व्यापारमा सहुलियत, डिजिटल ट्रेड र भ्रष्टाचार नियन्त्रण बारे कुराकानी हुने छ । २१ औ शताब्दीको व्यापारका लागि भन्दै गत जुनमा अमेरिका ताइवान इनिसिएटिवको घोषणा भएको थियो । त्यो घोषणा कार्यान्वयनका लागि नै अहिले वार्ता सुरु भएको हो ।

अमेरिकी उपव्यापार प्रतिनिधि सारा बियान्चीले निष्पक्ष, समृद्ध तथा उदार अर्थव्यवस्थाका लागि आफूहरुले समय सीमामै रहेर काम गर्ने बताएकी छिन् । ताइवान र अमरिका बीच यसअघि पनि व्यापार हुने गरेको थियो । सन् २०२० मा दुई देश बीच १०६ अर्ब डलरको व्यापार भएको थियो ।

footer