पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्चको विज्ञापन गरेको पद मध्ये ६.६ प्रतिशत खाली राखेर अरु पदमा मात्र पदपूर्ति गर्न अन्तरिम आदेश

806
shares

काठमाडौं ।सर्वोच्च अदालतले सशस्त्र प्रहरी बललाई विज्ञापन गरेको पद मध्ये ६.६ प्रतिशत खाली राखेर अरु पदमा मात्र पदपूर्ति गर्न अन्तरिम आदेश दिएको छ । सशस्त्र प्रहरी बलले गत साउन १३ गते कर्मचारी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको थियो । जसमा थारु समुदायका लागि आरक्षण पद नछुट्याएको भन्दै अधिवक्ता वुद्धसेन चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले ६ भदौमा सशस्त्र प्रहरी बललाई थारु समुदायको जनसंख्याको अनुपात बराबरको सिट संख्या अर्थात कुल विज्ञापन गरेको पद मध्ये ६.६ प्रतिशत पदमा रिटको अन्तिम टुंगो नलागे सम्म पदपूर्ति नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकलाई पनि ६.६ प्रतिशत पदमा पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको थियो । ती संस्थाले पनि थारु समुदायका लागि आरक्षण कोटा नछुट्याएपछि सर्वोच्चमा रिट परेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports