पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका अध्यक्ष केपी शर्मा ओली सँग विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भेटवार्ता

1.22K
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भेटवार्ता भएको छ । भेटका क्रममा राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल भएको र अन्तमा ओलीले चुच्चे नक्सा अंकित सिक्का उपहार दिएको मिश्रले बताएका छन् ।

मिश्रका अनुसार उनीहरू बीच आइतबार साँझ ६ बजेपछि ओली निवास बालकोटमा साढे दुई घण्टा छलफल भएको थियो । ‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’ मिश्रले लेखेका छन् ।

भेटको अन्त्यमा ओलीले नेपालको चुच्चे नक्सा अंकित एक र दुई रुपैयाँका एक मुठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन् । ओली सँगको खिचाएको तस्वीर र चुच्चे नक्सा अंकित सिक्काको तस्वीर सामाजिक सन्जाल फेसबुकमा मिश्रले पोष्ट गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports