राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित
वि.सं.२०७९ भदौ १३ सोमवार १४:२०
shares

काठमाडौं ।राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित भएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई दलको नेता पदमा मनोनयन गरेका हुन् ।
यसअघि राष्ट्रिय सभामा कांग्रेस दलको नेता राधेश्याम अधिकारी थिए । उनको कार्यकाल २०७८ साल फागुनमा सकिएपछि सो पद रिक्त थियो । चार वर्षे कार्यकाल समाप्त भएर विदा भएका २० सांसदहरु मध्ये अधिकारी पनि एक थिए ।
२० सदस्यको पद रिक्त हुनु भन्दा एक महिना अगाडि नै राष्ट्रिय सभा सदस्य निर्वाचन गरिएको थियो ।



































