पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा के-के राख्ने भन्ने विषयमा छलफल गर्न सरकार खुला छ : मन्त्री गोविन्द बन्दी

1.92K
shares

काठमाडौं ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा केके राख्ने भन्ने विषयमा छलफल गर्न सरकार खुला रहेको बताएका छन् । तर दुबै सदन बाट यो अधिवेशन बाटै विधेयक पास गर्नुपर्नेमा जोड दिएका छन् ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफल माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले विधेयक संसदको सम्पत्ति भएको बताए । सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय कानुन भन्दा विपरीत प्रस्ताव नआएको भन्दै उनले भने, ‘केके राख्ने छलफल गरौं ।’

एमाले सांसदहरुले फास्ट ट्र्याक बाट पास गर्न नहुने बताएका थिए । मन्त्री बन्दीले भने समितिमा लैजान त्यही अड्किएको विगत सम्झिए । यद्यपि आफ्नो धारणा समितिमा लैजानै नहुने नभएको भन्दै उनले प्रक्रिया बारे छलफल गर्न सकिने बताए । उनले अघि भने, ‘तर अलिकति तयारी गर्नैपर्छ । यो अधिवेशन भित्र पास गर्न सकिएन भने न्यायको पर्खाईमा बसेको समुदायलाई इन्कार गरेको हुनेछ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports