बरिष्ठ पत्रकार रिजाल स्याङ्जा बाट प्रदेशसभाको निर्वाचन लडने
वि.सं.२०७९ भदौ १३ सोमवार १६:३६
shares

काठमाडाैं ।वरिष्ठ पत्रकार इन्द्र रिजालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्याङ्जा क्षेत्र न.१ प्रदेश(क) बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । वरिष्ठ पत्रकार रिजालको उम्म्मेदवारी घोषणाले स्याङ्जा क्षेत्र.१ (क) का स्थानीयहरुमा खुशियाली छाएको छ । २०४४ साल देखि नेपाल विद्यार्थी संघको राजनिति बाट अगाडि आएका रिजाल नेबिसंघ उपाध्यक्ष र नेवि संघको जिल्ला अध्यक्ष हुँदै नेवि विद्यार्थी संघले गरेको हरेक आन्दोलनमा सक्रिय रहँदै आएका थिए ।
पत्रकारिता र राजनीतिलाई संगै एकसाथ अगाडि बढाएका रिजाल अर्थ राजनीतिकविश्लेषक समेत हुन् । आर्थिक क्षेत्रमा उनले चलाएको कलमले बेला-बेला तरंगनै पैदा गर्ने गरेको छ । विगत ३ दशक देखि मूलभारको पत्रकारितामा सक्रिय रिजाल प्रखर वक्ता, निष्ठाको राजनिति गर्ने र नेपाली कांग्रेसमा अवसर नपाएका नेताका रुपमा चिनिन्छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनको लोकप्रियता र बौद्धिकतालाई मूल्याङ्कन गर्दै स्याङ्जा क्षेत्र न.१(क) बाट नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाउने निश्चत प्राय भएको छ ।
नेता रिजाललाई गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा हेर्न थालिएको छ । रिजाल नेपाली कांग्रसको १४औँ महाधिवेशन प्रतिनिधि हुन् भने नेपाली कांग्रसको केन्द्रिय सदस्यको सशक्त दाबी समेत गरेका थिए । वरिष्ठ पत्रकार रिजाल चर्चित अनलाइन नेपालबहस डटकममा प्रधान सम्पादक हुन् भने जनमञ्च, राष्ट्रपुकार,सदाबहार साप्ताहिकका सम्पादक समेत रहेर काम गरेका थिए ।



































