पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले र राप्रपा बीच चुनावी तालमेल गर्ने सहमती

1.2K
shares

काठमाडौं ।आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी सँग तालमेल गर्ने लगभग निश्चित भएको छ । दुई पार्टी बीच तालमेलका विषयमा सैद्धान्तिक सहमति भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

कांग्रेस नेतृत्वको सत्तारुढ गठवन्धन विस्तारित बलियो बन्दै गएपछि दवावमा परेको एमालेले राप्रपालाई साथ लिन खोजेको हो । केही दिनअघि दुई पार्टीका अध्यक्ष बीच नै भेटवार्ता भएको थियो । अहिले पार्टीका दोस्रो तहका नेताहरु पनि आपसी संवादमा छन् । प्रवक्ता श्रेष्ठले एमाले र राप्रपाले मिलेर चुनाव लड्ने निश्चित भएको बताए । यद्यपि, तालमेलको मोडालिटी भने निश्चित भइनसकेको उनको भनाइ छ ।

‘हामी अहिले पनि छलफलमा नै छौं । तालमेलको मोडालिटी बारे विभिन्न प्रस्तावहरु अघि सारिएका छन् । मोडालिटीको टुंगो लागिनसके पनि तालमेल हुनेमा चाहिँ शंका छैन,’ उनले भने । एमाले नेताहरुले भने अहिले सम्म राप्रपा सँगको तालमेलका विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । आफ्नो पार्टी सत्तारुढ गठवन्धन सँग एक्लै लड्न तयार रहेको उनीहरुले बताउँदै आएका छन् । यद्यपि, सत्तारुढ गठवन्धनमा नरहेका साना पार्टीहरु सँग तालमेलको प्रयास भने जारी छ ।

यदि एमाले र राप्रपा तालमेल निश्चित भएर त्यसमा अन्य साना दलहरु पनि जोडिए भने ‘काउन्टर गठवन्धन’ निर्माण हुन सक्छ । राप्रपा सँगै राप्रपा नेपाल, विवेकशील साझा पार्टी (मिश्र समूह), सिके राउत नेतृत्वको जनमत पार्टी लगायत दल एमाले सँग तालमेलका निम्ति इच्छुक छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports