kumari
stcnepal

भारतका अडानी बने संसारकै तेस्रो धनी ब्यक्ति

काठमाडौं ।भारतीय अर्बपति गौतम अडानी संसारकै तेस्रो धनी व्यक्ति बनेका छन्। मंगलबार सार्वजनिक भएको ब्लुमबर्ग अर्बपति सूचीमा अडानी एलन मस्क र जेफ बेजोसपछि रहेका छन्। उनको सम्पत्ति १३७ अर्ब डलर छ। टप १६ मा रहेका अरू सबै अर्बपतिको सम्पत्ति पछिल्लो समय घट्दा अडानीले १.१२ अर्ब डलर सम्पत्ति थपेका छन्।

अडानी अहिले एसियाकै धनी व्यक्ति हुन्। एसियामा संसारका झन्डै ६० प्रतिशत मानिस बसोबास गर्छन्। तर अहिले सम्म कोही पनि संसार भरिका धनाढ्यको सूचीमा तेस्रो स्थानमा पुगेका थिएनन्। यसअघि एसियाका धनी व्यक्ति बनेका भारतका मुकेश अम्बानी र चीनका ज्याक मा कहिले पनि संसारका धनाढ्यको सूचीमा तेस्रो नम्बर सम्म पुग्न सकेका थिएनन्।

अम्बानी अहिले अर्बपतिको सूचीमा ११ औं स्थानमा छन् भने ज्याकमा ३५ नम्बरमा पुगेका छन्।६० वर्षका अडानीले कोइलादेखि बन्दरगाहसम्मको व्यापार गर्छन्। उनी भारतमा बन्दरगाह र विमानस्थल सञ्चालन गर्ने सबैभन्दा ठूलो कम्पनीका मालिक हुन्। उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टी सँग निकट सम्बन्ध छ। केही दिनअघि अडानीको कम्पनीले भारतको एनडिटिभीको बहुमत सेयर किन्ने बताएको थियो।

footer