६ वटा वस्तुको आयात प्रतिबन्ध सरकारले हटाएको छ भने ४ वटा माथिको प्रतिबन्ध कायम
वि.सं.२०७९ भदौ १५ बुधवार ०७:२२
shares

काठमाडौं ।अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन्। तर यही सुधारको तथ्यांकलाई देखाएर स्वार्थी समूहले आयातमा लाग्दै आएको प्रतिबन्ध खुकुलो बनाउन गरेको लबिङ आंशिक रूपमा सफल भएको छ।
सरकारले गत वैशाख दोस्रो साता देखि १० वटा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। जसमध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध सरकारले हटाएको छ भने ४ वटा माथिको प्रतिबन्ध कायम राखेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले महँगा सवारीसाधन, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो। यस्तै ३४ इन्च भन्दा माथिका रंगिन टेलिभिजन, हीरा, चुरोट तथा सुर्तीजन्य वस्तु, कुरकुरे,कुरमुरेरलेज,खेलौना एवं तासको आयात खुला गरिएको छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले आयातमा रोक लगाइएका १० वटा वस्तुमध्ये ६ वटा ल्याउन खुला गरिएको बताए। उनले अझै चार वटा वस्तु आयातमा प्रतिबन्ध कायमै राखेको जानकारी दिए।



































