तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१९ भाद्रमा भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल आउने निश्चित

429
shares

काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे आगामी आइतबार (१९ भदौ) नेपाल आउने भएका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल पाण्डे पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउने कार्यक्रम रहेको छ ।

पाँच दिवसीय भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेल स्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति महारथी शर्मा सँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फ बाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थी सँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मुख्य अंशका रूपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै, उनले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा सँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports