महाभियोग सिफारिस समितिलाई राणाका प्रश्न नै प्रश्न, आजको बयान सकियो फेरी १९ गते बयान लिईने
वि.सं.२०७९ भदौ १६ बिहीवार १४:५३
shares

काठमाडौं ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्को महाभियोग सिफारिस समिति र पुर्नस्थापित संसद् माथि नै प्रश्न उठाएका छन् । समितिले जबरा सँग दोस्रो दिन बयान लिने क्रममा सोधेको प्रश्नको जवाफ दिने क्रममा घुमाउरो र समिति तथा संसद् माथि नै प्रश्न उठाएका हुन् ।
न्याय सम्पादन गर्न नसकेको तथा भ्रष्टाचारमा मुछिएको बारे समितिले सोधेको प्रश्नमा जबराले प्रतिप्रश्न गर्दै समिति र संसद् माथि प्रतिप्रश्न गरेका हुन् । ‘ती प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर र धेरै प्रक्रिया बाट जवाफ दिनुभयो । घरीघरी समिति र संसद्लाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो’, समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । जबराले महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ ? भन्दै प्रश्न गरेका थिए ।
































