kumari
stcnepal

लण्डनमा भोक हड्ताल, नेपालमा भर्ती

काठमाडौं ।
असमान व्यवहार गरियो भनेर पूर्व गोर्खाहरुले लण्डनमा भोक हड्ताल गरिरहेका छन् । नेपालले हड्ताल तोड्न आग्रह गर्दै कूटनीतिक प्रयासबाट समान व्यवहारका लागि प्रयास गर्ने जनाउ दिएको छ । भूतपूर्व गोर्खाहरुले समान तलव, पेन्सन र सुविधाका लागि आन्दोलन गर्दै आएको धेरै वर्ष भइसक्यो । यो सवाल अदालतदेखि सरकार र महारानीसम्म पनि पुगेकै हो । तर पनि बेलायतजस्तो मुलुक गोर्खा सैनिकमाथि असमान व्यवहार गरेकोमा लज्जित छैन । जुन गोर्खाले बेलायतका लागि छातीमा गोली थाप्यो, हरेक युद्धमैदानमा अग्रपंक्तिमा उभियो, त्यो गोर्खामाथि अन्याय, अत्याचार ।
बेलायत कसरी न्यायप्रेमी मुलुक हुनसक्छ ?र, बेलायतले गोर्खा सैनिकका लागि नयाँ भर्ती खोलेको छ । प्रश्न छ, नयाँ भर्ती पाउनेहरुसँग समान व्यवहार गरिन्छ कि विभेदकारी ? यिनले पूर्व गोर्खाहरुले झैं असमान सुविधा पाउँछन् कि समान ? यो प्रश्नको जवाफ खोजिनु जरुरी छ ।

 

footer