सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ससद फेरि विघठन हुन सक्छ ?

481
shares

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठवन्धन लाई आउदो निर्वाचन सम्मै लैजाने प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको वैठकमा अध्यक्ष दाहालले आठ पृष्ठ लामो राजनितिक र संगठनात्मक प्रस्तावमा यो गठबन्धनलाई कम्तिमा आउदो निर्वाचनसम्म सगै लैजाने पर्ने प्रस्ताव राखेका हुन् ।
दाहालको राजनितिक तथा सगठनात्मक प्रस्तावमा केपी ओलीको प्रतिगमन विरुद्ध सघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्णय भएको उल्लेख गर्दै भनिएको छ, संघीय गणतन्त्र र संविधानमाथी प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृतिलाई गठवन्धनले पराजित गरेको छ ।

यसलाई नरुचाउने शक्तिहरु गठवन्धनलाई कमोजोर पार्न र भत्काउन लागि परेका छन् भन्दै नेकपा एमालेलाई एकीकृत गर्न लागि परेका नेकपा एमामलेकै दोस्रो तहका नेताहरुलाई समेत अप्रत्यक्ष रुपमा प्रतिगमन कारिहरुकै संज्ञा दाहालले दिएका छन् । माओवादी केन्द्रका अध्यक्षले आउदो निर्वाचन सम्म अहिलेकै गठवन्धनलाई कायम राख्नुको उद्देश्य हो । माधव नेपाल समुह लाई नेकपा एमालेका जान नदिन र निर्वाचनको वेला माधव समुहसँगै तालमेल गरेर माओवादी केन्द्रलाई ठूलो पार्टी बनाउने दाहालको रणनितिक चाल हो । काग्रेसले अहिलेको गठवन्धनलाई कुनै हालमा पनि आउँदो निर्वाचनसम्म कायम राख्न सक्ने सम्भावना देखिदैन । कम्युनिष्ठहरु विभाजित भएको र जनतामा कम्युनिष्ठहरु प्रति रहेको आस्तामा ह्रास आएकोले गर्दाै आउदो निर्वाचनमा काग्रेस एक्लै निर्वाचनमा गएपनि उ नै सवै भन्दा ठुलो पार्टी बन्ने निश्चित जस्तै भएकोले काग्रेसले माओवादी केन्द्रलाई वोक्ने सम्भावना न्यून देखिएको छ ।

अहिलेको गठवन्धन धागाको तेन्द्रमा बनेको छ । माधव समूह नेकपा एमालेमै फर्किएका खण्डमा देउवा सरकार झिनो मतले मात्र बहुमतमा हुन सक्छ त्यसवेला देउवा सरकारलाई ढाल्न अनेक षडयन्त्र हुन सक्ने भएपनि देउवालाई प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने सुविधा रहेकाले गर्दा प्रधानमन्त्री देउवाले गठवन्धनलाई बोकी रहनु पर्दछ भन्ने बाध्यता नरहेकोले गर्दा आउदो माघ फागुन सम्म मात्र गठबन्धन कायम हुन सक्छ । अहिले पनि ससद काम विहिन अवस्थामै रहेको र प्रमुख विपक्षी दल बलियो भएकाले गर्दा उस्को सहमति वेगर ससद अघि वढ्न नसक्ने भएकाले फेरि संसद विघटन हुनसक्ने सम्भावना रहेकै अवस्थामा ससदको अधिवेशन रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports