प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाधिवेशनको तयारीमा जुट्दै कांग्रेसको निर्वाचन समिति

663
shares

काठमाडौं ।
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंग्याउन अन्तिम चरणमा चलिरहेको बेला निर्वाचन समिति भने महाधिवेशनको तयारीमा जुटेको हो । मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो लगाएको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु गरिसकेपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै कांग्रेसमा महाधिवेशन प्रक्रिया शुरु हुन्छ ।तर पछिल्लो पटक संशोधित तालिकाअनुसार वडा अधिवेशन भदौ १८ मा गर्नुपर्ने कार्यतालिका छ । स्थानीय अधिवेशन गर्न १२ दिन मात्र बाँकी हुँदा पनि क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिले पाएको छैन ।

क्रियाशील सदस्यता कुर्दा अधिवेशन कार्यतालिका नै प्रभावित हुने भएपछि अन्य तयारी अगाडि बढाइएको निर्वाचन समिति सदस्य तेज रावलले बताएका हुन् । ‘हामीले अहिलेसम्म क्रियाशील सदस्यताको सूची पाएका छैनौं । तैपनि तोकिएकै समयमा अधिवेशन गर्न सकियोस् भनेर अरु कामलाई अगाडि बढाएका छौ उनले भने । निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र छपाईको काम शुरु गरिसकेको छ । करिव ८ हजारप्रति निर्देशिका, नियमावली र विधान छपाईको काम भएको छ भने तल्लो तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि तीन लाख भन्दा बढी प्रमाणपत्र छपाईको काम पनि भइरहेको निर्वाचन समितिले जनाएको छ ।

साउन ३० को केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ सम्म टुंग्याउने र भदौ ३ गते सभापतिलाई बुझाउने निर्णय गरेको थियो । त्यस्तै कांग्रेसले भदौ १ सम्म निर्वाचन निर्देशिकामा आवश्यक परिमार्जन गर्ने निर्णय गरेको थियो । भदौ १० सम्म ७७ वटै जिल्लामा निर्वाचन अधिकृतसहित आवश्यक कागजात पठाइसक्ने सहमति गरेको कांग्रेसले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकामा सहमति जुटाउन ढिलाइ गरेको हो । निर्वाचन समितिका अनुसार अब भदौ १४ सम्म प्रत्येक जिल्लामा निर्वाचन अधिकृत खटाइसक्ने तयारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports