झाक्रीलाई गृह वा अर्थ दिउन त दाहाल ज्यू
वि.सं.२०७८ भदौ १० बिहीवार १४:०५
shares
Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT
काठमाडौ । आफ्नो घरमा आगो लगाएर काग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाइ बलियो समर्र्थन दिएका माधव नेपाल समुहका व्यक्तिहरुलाई उनीहरुले भनेकै ठाउँमा नियुतmी दिन सत्ताधारी दलहरु सहमत भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त रामकुमारी झाक्रीलाई उनले रोजेको मन्त्रालय दिने बताई सकेका छन् । यदी त्यसो हो भने झाक्रीले अर्थमन्त्रालय मागेको खण्डमा अर्थमन्त्रालय दिने दाहाल तयार होलान् त ,त्यसैगरी उनले गृह मन्त्रालय मागेको खण्डमा काग्रेस गृहमन्त्रालय दिन तयार होला त भन्ने प्रश्न समेत उठेको छ ।
माधव समुहले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिईसकेको छ । आयोगले निवेदनको सनाखत समेत गरी सकेको हुनाले अवको केही दिन भीत्रमा पार्टी दर्ता हुने निश्चित जस्तै भएको छ । आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकारलाई विस्थापित गरी विपक्ष दलका नेतालाई प्रधानमन्त्री वनाउन हस्ताक्षर र विश्वासको मत समेत दिएका व्यक्तिहरुले फेरि देउवा सरकारलाई समेत धोका दिन सक्ने आकलन गरेरै उनीहरुलाई महत्वपूर्ण मन्त्रालय दिने र नियुक्तिमा समेत प्राथमिकता राख्ने रणनिति प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षले लिएका छन् । अर्को तर्फ नेकपा एमालेले माधव नेपाल सहितका १४ सासदलाई सासद पदवाट हटाउन सभामुख अग्नी प्रसाद सापकोटालाई दिएको सुचना आज सम्म लागु भएको छैन ।
सभामुखले माधवको नयाँ पार्टी दर्ता नभएसम्म निवेदनमाथी कुनै कारवाही नगर्ने रणनिति लिएका छन् । नयाँ पार्टी दर्तापछि उनीहरुको पद रहीरहछ तर अहिले नै कारवाहीको प्रकृया अघिबढाएको खण्डमा उनीहरुको सासद पद रिक्त रहन्छ । माओवादी केन्द्र अध्यक्षको निर्देशन अनुसार सभामुखले १४ सासदको पद रिक्त रहेको सुचना बाहिर ल्याउन सक्ने सम्भावना न्यून रहेकोले गर्दा सत्ता पक्ष र संसदको प्रमुख विपक्षी दल वीच फेरि वैमनस्यता बढेर जाने निश्चित छ । माओवादी केन्द्रले रामवहादुर थापा लगायतको पद रितm गर्दा २४ घण्टामै निणर्य गर्ने सभामुखले यत्तिका दिन सम्ममा पनि निणर्य नगर्नुको अर्थ के ?



































