तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधवलाई प्रयोग गर्न देउवा दाहाल सफल

494
shares

काग्रेस माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको गठवन्धनलाई समर्थन गरेको माधव नेपाल समूह र महन्थ ठाकुर समूहले अलगै पार्टी बनाउने निणर्य गरी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकोमा निर्वाचन आयोगले दल दर्ता भएको प्रमाण पत्र उनीहरुलाई दिईसकेको छ ? लामो समयदेखि माधव नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसगँ पटक÷पटक गोप्य भेटघाट गर्दै आएका थिए । नेकपा एमालेको ९ औँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्ष पदमा पराजित भएपछि उनले ओलीलाई अध्यक्ष स्वीकार गर्न सकिरहेका थिएनन् । जव २०७५ साल जेष्ठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भएर नेपाल कम्युनिष्ठ पार्टीको निमार्ण भयो, त्यसैबेला देखी उनी दाहालको निकटमा रहेका थिए ।

नेपाल कम्युनिष्ठ पार्टीमा रहदा अध्यक्ष ओली र दाहालले निणर्य गरी पार्टी सञ्चालन गरीरहेका अवस्थामा दाहालले नेपालसँग सल्लाह गरी अध्यक्ष ओली लाई एकल्याउने रणनिति समेत लिएका थिए । त्यही कारण दाहालले २०७७ साल कात्र्तिक २८ गते तत्कालीन प्रधानमन्त्री एव् पार्टी अध्यक्ष ओलीमाथी १९ वुदे संगीन आरोप पत्र पार्टीको सचिवलयमा दर्ता गरेका थिए । त्यही आरोप पत्रलाई नेपाल झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले समर्थन गरेपछि पार्टी भीत्र विवाद उत्पन्न हुदै आएको थियो । अहिले माधव नेपालले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी दल खोल्नुको कारण त्यही १९ वुदे संगीन आरोप पत्र नै कारक बनेको छ ।

तत्कालीन नेपाल कम्युनिष्ठ भीत्रको आन्तरिक द्धन्द्धले गर्दा दाहाल नेपालले २०७७ साल पुष ५ गते प्रधानमन्त्री ओलीमाथी संसदमा अविश्वासको प्रस्ताव राख्ने रणनिति लिएका हुनाले नै प्रधानमन्त्री ओलीले पुष ५ गते नै संघीय संसद विघटन गर्ने निणर्य मन्त्रीपरिषदवाट गराएर संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । संसद विघटन पश्चात दाहाल नेपाल एकै ठाउँमा उभिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको विरुद्ध उनीहरु सडक आन्दोलनमा समेत गएका थिए । संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्च अदालतको सम्वैधानिक इजालसले २०७७ फागुन ११ गते संसदको विघटनलाई असम्वैधानीक भन्दै संसद पुनस्थापना गरीदियो ससद पुनस्थापना भयो तर संसदले कुनै महत्वपूर्ण कार्य गर्न नसकिरहेको अवस्थामा सर्वोच्च अदालतले नै २०७७ फागुन २३ गते २०७५ साल जेष्ठ ३ गते एकीकरण भएको नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिष्ठ पार्टीको दर्ता नै खारेज गरी नेकपा एमाले र माओवादी केन्द्रलाई अलग–अलग अस्तित्वमा कायम गरी दिएपछि माधव नेपाल समुह नेकपा एमालेमा फर्किनुको बदला आफै नै पार्टी अध्यक्षको नेतृत्वको सरकारका विरुद्ध गएका थिए । जव प्रधानमन्त्री ओलीले संसदवाट विश्वासको मत लिने घोषणा गरे त्यसैवेला देखि नेपाल प्रधानमन्त्री ओलीको विरुद्ध खनिदै आएका र माधव समूहका २३ सासद ससदमा अनुपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत लिनवाट रोक्न सफल भएका थिए । आफै पार्टीका अध्यक्षले ससदवाट विश्वासको मत लिने दिने संसदमा अनुपस्थित भएर उनीहरुले त्यही वेला देखि नै नयाँ पार्टी बनाउने रणनिति लिएको अहिले प्रष्ठ भएको छ ।

आफै पार्टी अध्यक्षको विरुद्धमा लागेका नेपालले त्यस वेला पनि विधि विधान र पद्धतीका कुरा गर्न छोडेका थिएनन् तर उनीहरुले कुन विधि विधान र पद्धती भीत्र रहेर आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् त्यस्को जवाफ नेपाली जनताले किन नपाउने ? प्रधानमन्त्रीले संसदवाट विश्वासको मत लिन नसकेपछि संविधानका अन्य धाराहरु समेत प्रयोगमा आए । संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनका लागि राष्ट्रपतिवाट आहावन हुँदा माधव समूहले प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई प्रधानमन्त्री वनाउन हस्ताक्षर गर्नु कुन विधि विधान र पद्धती भीत्र पर्दछ ? जेष्ठ ८ गते पुन ससद विघटन भयो । ससद विघटन भएपछि ससद पुनस्थापना को पक्षमा माधव समुह सर्वोच्च अदालतमै हाजिर गर्न पुगे । सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभालाई पुनस्थापना गरिदियो र शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न २८ घण्टे आदेश अनुसार २०७८ असार २९ गते देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरियो ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि श्रावण ३ गते उनले संसदवाट विश्वासको मत लिएका छन् । माधव समुुहले देउवालाई विश्वासको मत दिएका हुनाले अहिले त्यसैको गुण तिर्न देउवा र दाहाल लागि परेका छन् । नेपालकै आग्रहमा दल विभाजन सम्वन्धी ऐन अध्यादेशवाट सशेधन गरीएको छ ।

माधव नेपाललाई पार्र्टी विभाजन गराउन सहज हुने गरी अध्यादेश ल्याइएको छ । दल विभाजन सम्वन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत पुग्नु पर्ने ऐनलाई केन्द्रीय समिति वा संसदीय दल मध्येको एकमा २० प्रतिशत पुगेको खण्डमा दल विभाजन गर्न सकिने प्रावधान राखिएको हुनाले त्यही प्रावधान अनुसार माधव नेपालले नयाँ दल दर्ता निर्वाचन आयोगमा दर्ता गरेका छन् । माधव नेपाल समूह र महन्थ ठाकुरले नेतृत्व गरेको नेकपा समाजवादी र लोकतान्त्रिक समाजवादीलाई आयोगले भाद्र ९ गते नै दल दर्ताको प्रमाण पत्र समेत दिई सकेको छ । यसरी निकै पहिला देखि नै देउवा दाहालले माधव नेपाललाई प्रयोग गरी नेकपालाई विभाजन गराएको आरोप उनीहरुमाथी लाग्दै आएको हामीले ठानेका छौँ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports