२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाकाली नदीमा बनाईरहेको तटबन्धन रोक्न भारत सहमत

754
shares

दार्चुलाको नेपाल-भारत सिमानामा पर्ने महाकाली नदीमा भइरहेको एकतर्फी तटबन्धनको काम रोक्ने सहमति भएको छ। महाकाली नदी किनारामा भारतले बनाइरहेको संरचना रोक्ने सहमतिभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

उनका अनुसार बुधबार बैठक बसेर हाललाई विवादित भएको ठाउँमा निर्माण भइरहेको तटबन्धन रोक्ने सहमतिभएको हो। ‘भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धनको काम रोक्ने सहमतिभएको हो,’ उनले भने, ‘१० दिनको लागि उक्त काम रोकिने निर्णय गरिएको हो।’

यस दश दिनको समयमा नदीको बहाव क्षेत्रलाई नेपाल र भारतको बीचमा पार्ने काम गरिनेछ। त्यसपछि मात्र के-कसरी काम गर्ने भन्नेबारे निर्णय गर्ने उनले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports