२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

९६ साँसद छान्न कांग्रेसले बोलायो शनिबार बैठक

767
shares

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समानुपातिक उम्मेदवारको छनोटको मुख्य एजेण्डा छ । चुनावी समीक्षाका लागि केही दिनपछि केन्द्रीय समिति बैठक बस्ने उनको भनाइ छ । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ र सातै प्रदेश गरी प्रदेशसभा समानुपातिक तर्फ ६४ सिट पाएको छ । बैठकले ११० उम्मेदवार मध्ये ३२ जना छनोट गरी निर्वाचन आयोगमा बुझाउने छ ।

यस्तै प्रदेश १ मा १२, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा १२ गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट पाएको छ । प्रदेश १ मा ३७ उम्मेदवार मध्ये कांग्रेसले १२ छनोट गर्ने छ भने मधेस प्रदेशका ४३ उम्मेदवार मध्ये ९ जना सांसद बन्ने छन् ।

बागमती प्रदेशका ४४ जना उम्मेदवार बाट कांग्रेसले १२ जना छान्दा गण्डकी प्रदेशका २४ जना उम्मेदवार मध्ये ९ जना सांसद चयन हुने छन् । लुम्बिनी प्रदेशका ३५ जना उम्मेदवार बाट कांग्रेसले १० जना सांसद छान्ने छ भने कर्णालीका १६ जना उम्मेदवारबाट ५ जना सांसद हुने छन् । यस्तै सुदूरपश्चिम प्रदेशका २१ जना समानुपातिक उम्मेदवार मध्ये कांग्रेसले ७ जना चयन गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports